दर्ताविनै क्यासिनो सञ्चालन, खुलेआम नेपालीलाई प्रवेश
विराटनगर । नेपालको कानुुनले क्यासिनोमा स्वदेशीहरूलाई जुवा खेलाउन पाइँदैन । तर सो कानुनी प्रावधानको खिल्ली उडाउँदै विराटनगरको एक होटलमा क्यासिनो सञ्चालकले क्यासिनोको दर्ता समेत नगरी स्थानीय उद्योगी, व्यापारी तथा आमसर्वसाधारणलाई निर्वाधरूपमा जुवा खेलाउँदै आएको छ ।
विराटनगरको होटल विगमा सञ्चालित च्याम्पेन जोन क्यासिनोमा नेपालीहरूलाई निर्वाधरूपमा जुवा खेलाइने गरेको छ । यो क्यासिनोमा नेपालीलाई प्रवेशमा कुनै रोकतोक छैन । क्यासिनोमा प्रवेश गर्दा विदेशी नागरिक भएको पुष्टि हुने आईडी कार्ड अनिवार्य देखाउनुपर्ने नियम छ । तर यस क्यासिनोेले आईडी अनिवार्य चेक गर्नुपर्ने नियमको पालना नगरी खुलेआमरूपमा स्थानीय नेपाली खेलाडीलाई प्रवेश दिने गरेको छ ।
विराटनगरका होटलहरूमा सञ्चालित क्यासिनोहरूको मुख्य ग्राहक भारतीय हुन् । विराटनगर महानगरपालिका भारतीय सीमासँग जोडिएको कारणले गर्दा नजिकको प्रान्त विहार, पश्चिम बंगाल, सिक्किम, झारखण्डबाट भारतीय पर्यटकहरू विराटनगर घुम्न र जुवा खेल्न आउने गर्छन् । तर च्याम्पेन जोनका सञ्चालकले भारतीय खेलाडी आउन छाडेपछि स्थानीय खेलाडीलाई खुलेआम प्रवेश दिएर क्यासिनो सञ्चालन गरेको भेटिएको हो ।
क्यासिनो सञ्चालकले भारतीय ग्राहक नियमित नआउने भएकाले विराटनगरवासीलाई नै जुवाको लतमा फसाएर दैनिक कमाऊधन्दा चलाइरहेको भेटिएको हो । नेपालीलाई क्यासिनोमा जुवा खेलाउनका लागि सञ्चालकले प्रहरी अधिकारीसँग समेत सेटिङ मिलाएको स्थानीयको आरोप छ । चेकिङको डरले क्यासिनो आउन नमान्ने ग्राहकहरूलाई क्यासिनोमा प्रहरी आउनु अगाडि नै जानकारी दिने र प्रहरी क्यासिनो चेकिङमा जाने गरेको क्यासिनो स्रोतले आरोप लगाएको छ । तर यो विषयलाई प्रहरी मात्र नभएर प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित पालिका समेतले चासो राख्नुपर्ने हो । तर कुनै पनि निकायले यसमा चासो दिने गरेको छैन ।
महानगर क्षेत्रभित्र सञ्चालित क्यासिनोहरू स्थानीय पालिकामा दर्ता हुुनुपर्ने तथा क्यासिनो खेल्न आउने खेलाडीको अभिलेख राख्नुपर्ने भन्ने कुुरा प्रष्टरूपमा कानुुनमा लेखिएको छ । यसरी अभिलेख राख्दा प्रत्येक खेलाडीबाट प्रवेश शुुल्कबापत स्थानीय महानगरले एक सय रुपैयाँका दरले शुुल्क समेत उठाउन सक्ने व्यवस्था कानुुनमै उल्लेख रहेको छ । यसरी महानगर क्षेत्रभित्र विग होटलमा सञ्चालित क्यासिनो दर्ता समेत भएको छैन । होटलले पनि क्यासिनो सञ्चालन गरेबापत अहिलेसम्म विराटनगर महानगर पालिकालाई राजस्व बुुझाएको छैन । विग होटलमा सञ्चालित क्यासिनोबाट महानगरपालिकाले ठूलो राजस्व समेत गुुमाउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया