कोरिया सरकारद्वारा पाँच करोड बराबरको स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने सो सामग्री कोरिया सरकारले अनुदानमार्फत नेपाललाई हस्तान्तरण गरेको हो ।
नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलमार्फत नेपाल सरकारलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामग्रीको मूल्य पाँच करोड ३५ लाख ३२ हजार पाँच सय रुपैयाँ बराबरको रहेको छ । यी स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । विशेषगरी नेपालभरका प्रदेश तथा जिल्ला तहमा उन्नत चिकित्सा उपकरणहरूको आवश्यकतालाई उक्त बहुउपयोगी स्वास्थ्य सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको दूतावासले सोमबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्य जाँच उपकरणले प्राथमिक स्वास्थ्य परीक्षण कलेजो, मृगौला, र प्यान्क्रियाजसहित महत्वपूर्ण अङ्गहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुनेछ । यस डायग्नोस्टिक उपकरणले सिरम, प्लाज्मा र पिसाबजस्ता बायोकेमेस्ट्री नमुनाहरूको सही विश्लेषण गर्ने छ र रोगको निदानका लागि उपचारमा महत्वपूर्ण भूमिका कोरिया सरकारको यस सहयोगले स्थानीयस्तरमा रहेका अस्पतालहरूलाई प्राथमिक चरणमा नै रोगको सही पहिचान र उपचारका लागि सहज बनाउने छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सचिव पोखरेलले यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्ने बताए । साथै, नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने उनले उल्लेख गरे ।
राजदूत पार्कले कोरियाली सरकारको यस्तो किसिमको सहयोगले नेपाललाई एक स्थिर विकासका लागि सधैं समर्थन रहने बताए । कोरिया सरकारले नेपाललाई १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचीमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । विकास साझेदारीका प्रमुख क्षेत्रहरूमा स्वास्थ्य, सरसफाइ, कृषि, खानेपानी, शिक्षा, ग्रामीण विकास तथा ऊर्जा क्षेत्र रहेका छन् । कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि नेपाललाई १८८ दशमलव छ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलव्ध गराइसकेको छ । हालसम्म मुगु, नुवाकोट र टीकापुर अस्पतालको स्थापना भएर सञ्चालनमा रहेको छ ।
त्यसैगरी, कोरिया सरकारको सहयोगमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको कोरिया नेपालमैत्री अस्पतालको क्षमता वृद्धिका लागि दोस्रो चरणको कार्यक्रमअन्र्तगत एक सय ५० थप शय्याको अस्पताल निर्माणको चरणमा रहेको छ । साथै, सन् २०१५ मा नेपालमा गएको भूकम्प र कोभिड–१९ को महामारीलगायतका कठिन घडीमा पनि कोरिया सरकारले नेपाललाई सहयोग गरेको थियो ।
कोरियाली सरकारले हालै कर्णालीमा गएको भूकम्पबाट प्रभावित नेपाली जनतालाई तीन लाख अमेरिकी डलर बराबरको मानवीय सहायता पनि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । आगामी वर्ष सन् २०२४ मा कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरिया सरकारले नेपालमा विभिन्न विकास साझेदारी कार्यक्रममार्फत दुई देशबीचको सम्बन्धलाई झनै बाजबुत गर्ने जनाएको छ । दुई राष्ट्रबीच विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगका ढोकाहरू खुल्दै जानेछन् र सकारात्मक सम्बन्धले उचाइ चुम्ने छ भन्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- नरैनापुरमा सामुदायिक महिला स्वयंसेविका दिवस
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया