छत्रपाटी निःशुल्क चिकित्सालयको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयको वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको छत्रपाटीमा रहेको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा गत कार्तिक २५ गते शनिबार काठमाडौंमा सम्पन्न भएको हो । वार्षिक साधारणसभा काठमाडौं महानगरपालिका वडा नं १७ का वडाध्यक्ष नवीन मानन्धरको उपस्थितिमा सम्पन्न भएको हो ।
वार्षिक साधारणसभाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, साधारणसभाले गत आव २०७९।८० को वार्षिक वित्तीय विवरण पारित गरेको छ । वार्षिक साधारणसभामा बोल्दै छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताललाई अझै उत्कृष्ट सेवा प्रवाह गर्ने अस्पतालको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । हालसम्म छत्रपाटी अस्पताललाई काठमाडौं महानगरपालिकाबाट हरप्रकारको सहयोग गर्दै आइरहेको १७ नं वडाध्यक्ष नवीन मानन्धरले सहरी क्षेत्रका जनताको स्वास्थ्य उपचारमा छत्रपाटी अस्पतालको भूमिका अतुलनीय रहेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
वार्षिक साधारणसभामा उपाध्यक्ष कुमारदेव मानन्धर, महासचिव कृष्टिना श्रेष्ठ, सचिव जगदिश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सह–कोषाध्यक्ष कृष्णप्रसाद मानन्धरसहित सदस्यहरू तथा अन्य साधारण सदस्यहरूको उपस्थिति रहेको थियो ।
छत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गतेदेखि सञ्चालित सामुदायिक अस्पताल हो । सो अस्पतालले सर्वसुलभ मूल्यमा नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ भने गरिब, असहाय र सरकारले तोकेको व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया