Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारझण्डै साढे दुई लाख रूपैयाँबराबरको अवैध सामान बरामद

झण्डै साढे दुई लाख रूपैयाँबराबरको अवैध सामान बरामद


पोसकान्त पोखरेल
बुटवल, जेठ ४
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणकालिन अवस्थामा पनि अवैध ओसारपसार रोकिएको छैन । सुरक्षा निकायको आँखा छलेर अवैधरूपमा मालसामान ओसारपसार गर्नेहरू केही प्रहरीले नियन्त्रणमा आइरहेका छन् । त्यस्तै, नवलपरासी प्रहरीले सक्रियता बढाएसँगै उक्त जिल्लामा भैरहेका अवैध ओसारपसारका गर्नेहरू पनि दिन/प्रतिदिन प्रहरीले नियन्त्रण गर्न सफल भएको छ ।

सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले शनिबार दुई लाख ४२ हजार चार सय ६० रूपैयाँबराबरको अवैधरूपमा लुकाई राखिएका विभिन्न खाद्य सामग्रीहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार पाल्लीदह गाउँपालिका–१ स्थित सिमलको फेदको झाडीमा लुकाएर राखिएको ९७ केजी काजु, ३० केजी बदाम, तीन सय केजी छोगडा र नौ केजी किसमिसजस्ता उच्च पोषक तत्व हुने र बढी मूल्यका खाद्य सामग्रीहरू बरामद गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया