Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभिन्नाभिन्नै ठाउँमा सवारी दुर्घटनाबाट सातको मृत्यु

भिन्नाभिन्नै ठाउँमा सवारी दुर्घटनाबाट सातको मृत्यु


काठमाडौं । भिन्नाभिन्नै ठाउँमा सवारी दुर्घटनाबाट साता जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुली, कैलाली, नवलपरासीलगायत जिल्लामा गरी छुट्टाछुट्टै दुर्घटनामा परी साता जनाको मृत्यु भएको हो ।

सिन्धुली, कमलामाई नगरपालिका–८ बाघमारास्थित सडकमा बा.४ ख ५९४८ नम्बरको बस र ज.११ प ९१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी बर्दिबास नगरपालिका–२ बस्ने ४३ वर्षीय श्याम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी केयर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही अस्पताल हुँदै काब्या अस्पताल जनकपुर रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, सिन्धुली, दुधौली नगरपालिका–७ सिमराईस्थित सडकमा प्र.१–०२–००१ ख ९६१० नम्बरको हाईसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका–७ बस्ने ५९ वर्षीय गंगा बहादुर विकको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, गोदावरी नगरपालिका–४ बुढितोलामा से.१ ख १४३८ नम्बरको मिनिट्रक अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार परिचय नखुलेकी ३६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार १६ जनामध्ये सात जनाको निसर्ग अस्पताल धनगढी र नौ जनाको पदमा अस्पताल अत्तीरीमा उपचार भइरहेको छ । हाल फरार मिनिट्रक चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–१२ उन्नति भिलेजस्थित सडकमा प्रदेश २–०३–००१ ख ६२८४ नम्बरको टेलरमा बागमती प्रदेश ०३–००४ प ७१६५ नम्बरको मोटरसाइकल ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी गैंडाकोट नगरपालिका–१४ अमरापुरी बस्ने ३० वर्षीय राजु क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, नवलपरासी पूर्व, कावासोती नगरपालिका–१६ पत्थर खोलास्थित सडकमा लु.३ च १०२४ नम्बरको कार र लु.२ ख ५८०५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा कार चालक हाल वतन नखुलेका ४५ वर्षीय हरिसुन्दर श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा प्र.२–०२–००१ प ४४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक लक्ष्मिनिया गाउँपालिका–४ सपही बस्ने २६ वर्षीय रंजित यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका–४ लुभुमा बा.प्र.०२–०३३ प १७८२ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ सानागाउँ बस्ने दोलखा तामाकोसी गाउँपालिका–१ भिरकोट घर भएका १९ वर्षीय आषिश कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एक जनाको उपचार भइरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया