Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन


काठमाडौं । राजेन्द्र ढुङ्गाना र मधु कोइरालाको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । प्रतिवादी ढुङ्गाना र कोइरालालाई विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

गैरकानुनी रुपमा ढुंगाना र कोइरालाले सम्पत्ति आर्जन गरी चार करोड ६८ लाख ४८ हजार ५५६ रुपियाँ भ्रष्टाचार गरेको आरोप आयोगको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार मङ्सिर ४ गते सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया