काठमाडौं । दाङमा दाजुभाईसहित अन्य ठाउँमा गरी पाँच जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार धनकुटा, सल्यान, सिन्धुपाल्चोक र दाङमा गरी पाँच जना सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भई सोही उपमहानगरपालिका–६ गाईडर डेरा गरी बस्ने ३४ वर्षीय पुर्णबहादुर बस्नेत र उनकै भाई ३० वर्षीय टेक बहादुर बस्नेत आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा, चौबिसे गाउँपालिका–७ सिमडाँडा बस्ने ४९ वर्षीय भीम बहादुर लिम्बु सोही ठाउँस्थित सल्लेरी सामुदायिक बनभित्र खोल्सीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, शारदा नगरपालिका–१ छापडाँडास्थित भुवनेश्वरी सामुदायिक वनमा छत्रेश्वर गाउँपालिका–७ वेताती बस्ने ५८ वर्षीया हरि कुमारी खड्का सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१२ ढोटार बस्ने २४ वर्षीय सेतीराम माझी सोही ठाउँस्थित ईन्द्रावती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया