Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी-२०२३लाई सम्बोधन गर्दै प्रधानमन्त्री

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी-२०२३लाई सम्बोधन गर्दै प्रधानमन्त्री


काठमाडौँ । मुलुकको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

मंगलबारदेखि राजधानीमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले संयुक्त रुपमा आयोजना गरेको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’को उद्घाटन गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरकारले विद्यालय शिक्षा विधेयक संसद्मा प्रस्तुत गरेको बताए ।

प्रधानमन्त्री दाहालले विद्यार्थी देशबाहिर पढ्न जाने, देशका विद्यालय तथा विश्वविद्यालय खाली हुने अवस्थालाई छिट्टै सम्बोधन गरी युवा विद्यार्थी पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती भएको बताए । उनले युवा विद्यार्थीको विदेश पलायन शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले सरकारको नीति, नियम र संविधान तथा कानुनको दायरामा रही निजी व्यवसाय गर्ने व्यवसायीलाई आर्थिक विकासको हिस्सेदार पक्ष मानेर अघि बढ्न सरकार तयार रहेको बताए ।

उनले अर्थतन्त्रको दबाबलाई अन्त्य गर्न गम्भीर गृहकार्य थालिएको बताए । कोभिड महामारी, विश्वव्यापी ध्रुवीकरण र द्वन्द्व, आफ्नै संरचनागत प्रणाली, क्षमता र कार्यसम्पादनलगायत कारणबाट राष्ट्रिय अर्थतन्त्रले दबाबको महसुस गरिरहेको उल्लेख गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया