Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा बैंकको सेवा सञ्चालन मार्गनिर्देशन २०७७ जारी

राष्ट्र बैंकद्वारा बैंकको सेवा सञ्चालन मार्गनिर्देशन २०७७ जारी


काठमाडौं, जेठ ६
नेपाल राष्ट्र बैंकले बैंकको सेवा सञ्चालनसम्बन्धी निर्देशन २०७७ जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जोखिम न्यूनीकरण एवं स्वास्थ्य सुरक्षाको लागि नेपाल सरकारबाट घोषणा भएको लकडाउनको अवस्थामा समेत राष्ट्र बैंकबाट सम्पादन गरिने कार्यलाई निरन्तरता दिनको लागि निर्देशन जारी गरेको राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार विभाग, कार्यालय, महाशाखा, इकाइको कार्यसम्पादनलाई निरन्तरता दिने जिम्मेवारी विभाग, कार्यालय, महाशाखा र इकाइ प्रमुुखको हुुनेछ । कर्मचारीमा हुुनसक्ने सम्भावित कोराना भाइरस संक्रमण जोखिम न्यूनीकरण गर्नको लागि कामको प्रकृतिबमोजिम घरमा नै बसेर काम गर्नसक्ने व्यवस्थालाई निरन्तरता दिनेको लागि राष्ट्र बैंकले निर्देशन दिएको छ । कर्मचारीहरुमा हुुनसक्ने सम्भावित कोरोना संक्रमणलाई दृष्टिगत गरी बैंक परिसरबाट नै प्रदान गर्नुुपर्ने सेवाको लागि सम्बन्धित विभाग वा कार्यालयबाट सकेसम्म न्यूनतम कर्मचारीहरुको उपस्थितिमा बढीमा एक तिहाइ कर्मचारीहरुबाट आवश्यक सेवा प्रदान गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

विभाग, कार्यालय वा इकाइ प्रमुखहरुले कार्यस्थलमा कर्मचारीबीच न्यूनतम भौतिक दूरी कायम राख्ने, यसको लागि विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार यथासम्भव एक मिटरभन्दा बढीको दूरी कायम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बैंकमा उपस्थित हुुने सबै कर्मचारीहरुले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने र केन्द्रीय कार्यालयको हकमा सामान्य प्रशासन विभागले मास्क उपलब्ध गराउने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

बैंकिङ कार्यालय, मुुद्रा व्यवस्थापन विभाग तथा प्रादेशिक कार्यालयहरुबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने पनि निर्देशनमा उल्लेख छ । दाखिला प्राप्त हुुने नोट गणना हुुनुुअघि डिसिन्फेक्सन गराउन अनिवार्यरुपमा नोटमा स्प्रे गर्ने गराउने व्यवस्था गर्नुुपर्ने पनि निर्देशिकामा उल्लेख छ । सबै काउन्टरहरुले सेवाग्राहीहरुसँग सम्पर्क हुुने स्थानहरुमा न्यूनतम सामाजिक दूरी कायम हुुने गरी रेखांकन व्यवस्थापन गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया