Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररसियन सैनिकमा पठाउन भिजिट भिसाको प्रयोग

रसियन सैनिकमा पठाउन भिजिट भिसाको प्रयोग


काठमाडौं । युद्धरत मुलुक रसियाको सैनिक सेवामा काम लगाइदिन्छु भन्दै ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । दर्जनौँ नेपालीहरूलाई रसियाको सैनिक सेवामा भर्ती गराइदिने आश्वासन दिई ठगी गर्ने १२ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रसिया पठाइदिने भन्दै ठगी गर्ने गिरोहले भिजिट भिसाको प्रयोग गरेको देखिएको प्रहरीको भनाइ छ । हाल वैदेशिक रोजगारीमा जानेमध्ये धेरैले भिजिट भिसाको प्रयोग गरेको देखिन्छ । यसैबीच सरकारले खाडी मुलुकमा भिजिट भिसामा जान विशेषगरी महिलालाई कडाइ गरे पनि पुरुषलाई भने कडाइ गरेको छैन । भिजिट भिसामा खाडी मुलुक जाने कतिपयलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलमा रोक्ने गरेको विभागका एक अधिकारीले बताए ।

वैदेशिक रोजगारीका लागि नेपाल सरकारबाट इजाजत प्राप्त नभएको मुलुक रसिया पठाउने नाममा ठगी गर्ने गिरोहलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र खत्रीले बुधबार पत्रकार सम्मेलनमा गरी जानकारी दिएका हुन् । काठमाडौंबाट पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ४२ को हरिबहादुर विश्वकर्मा, काठमाडौं महानगरपालिका वडा नम्बर ५ जोरपाटी बस्ने वर्ष २७ का सन्तोष रोका, सिन्धुपाल्चोक इन्द्रवाती गाउँपालिका वडा नम्बर दुई वर्ष २३ का मनिष न्यौपाने, काठमाडौं महानगरपालिका वडा नम्बर १६ बस्ने वर्ष २३ को रोजल महर्जन, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३१ को क्षितिज गरी, सिराहा गोलबजार नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष १९ का दिपेन परियार, काभ्रे सल्लेभुल्लु गाउँपालिका वडा नम्बर १ घर भई हाल बानेश्वर बस्ने वर्ष २९ को सुवास लामा रहेका छन् । यस्तै, चितवन राप्ती नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २५ का गोकर्ण अर्याल, बारा जितपुरासिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा बस्ने वर्ष २४ का सन्तोष नेपाल, ओखलढुङ्गा मानेभन्झ्याङ गाउँपालिका ६ घर भई हाल गोकर्णेश्वर नगरपालिका ८ बस्ने वर्ष २५ की सुजता दाहाल, लमजुङ दोर्दी गाउँपालिका २ घर भई हाल टोखा नगरपालिका ४ बस्ने वर्ष ३५ को ईश्वर अधिकारी, दाङ घोराइ उपमहानगरपालिका ८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी बस्ने वर्ष ३८ को द्रोणा डाँगी पनि पक्राउ परेका छन् । यस प्रकरणमा हरिबहादुर, सुजा र ईश्वर मुख्य योजनाकार रहेको एसएसपी खत्रीले बताए ।

हरिबहादुर पूर्वसैनिक तथा म्यानपवार व्यवसायी हुन् । हरिबहादुरले रसिया पठाउने र आकर्षक सेवासुविधा हुने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने र उनीहरूलाई रसिया पठाउने काम गर्दै आएको पाइएको छ । उनीहरूले अहिलेसम्म १८ जनालाई रसिया पु¥याएका छन् । उनीहरू भारत तथा संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै रसिया पुगेको देखिन्छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हरिबहादुरले भिजिट भिसा र निमन्त्रणा पत्र उपलब्ध गराइदिएबापत शोभराजलाई एक हजार आठ ५० अमेरिकी डलर र टिकट र सेटिङको लागि दुई लाख भारतीय रुपैयाँ दिनेगरेको खुल्न आएको छ । त्यस्तै ५÷१० जनाको समूहबाट रसिया पठाउन सुरु गरेकोमा हाल विभिन्न विज्ञापन खोलेर नै रसियन आर्मीमा भर्ना गर्नका लागि अन्तरवार्ता समेत सञ्चालन गर्ने गरेको खुलेको छ । सुजता दाहालको कार्यालयबाट २७ थान पासपोर्ट र १४ लाख १८ हजार पाँच सय रुपैयाँ बरामद गरिएको छ भने ईश्वर अधिकारीको कार्यालयबाट १६ थान पासपोर्ट, १३ लाख ४२ हजार रुपैयाँ, ल्यापटप एक थान, प्रिन्टर एक थान र सात थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

अवैधरूपमा वैदेशिक रोजगारीको लागि भिसा, राहदानी, चालचलन, स्वास्थ्य परीक्षणलगायतका कागजात पीडितहरूबाट लिई इजाजतप्राप्त नभएको रसिया देशमा सैनिक सेवामा लगाइदिने भनी मानव बेचबिखन तथा ओसारपसारजस्ता कार्यहरू सञ्चालन गरिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरूलाई विभिन्न व्यक्तिहरूको नामको राहदानी, भिषा, रकम समेतका कागजातसहित पक्राउ गरेको हो । तत्काल पीडित व्यक्तिहरू सम्पर्कमा नआएकोले पक्राउ परेकाहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको एसएसपी खत्रीले बताए ।

त्यस्तै, करिब १८ जना नेपालीलाई रसिया पु¥याउँदा भिजिट भिसाको प्रयोग गरिएको प्रहरीको भनाइ छ । गैरकानुनी रूपमा विभिन्न बाटोहरू जस्तैः नेपाल, भारत र खाडी राष्ट्र हुँदै हवाई माध्यमबाट वा नेपाल भारत हुँदै रसियन एजेन्सीमार्फत रसियन राजदूतावासबाट भिजिट भिसा लगाई रसिया पठाएको देखिएको छ । श्रम कार्यालयबाट सामूहिकरूपमा श्रम स्वीकृति गरी जानुपर्नेमा भिजिट भिसा, निमन्त्रणा पत्रको आधारमा गिरोहले रसिया पठाउने गरेको प्रहरीले जनाएको छ । गिरोहले रसियामा राम्रो तलब सुविधा छ, ग्रीन कार्ड चाँडो प्राप्त हुने, जानको लागि सात लाख खर्च हुने र मासिक दुई लाख कमाइ हुने योग्यता र समयअवधि अनुसार वृद्धि हुँदै जाने भन्ने विभिन्न माध्यमबाट प्रचारप्रसार गरेको पाइएकोे छ ।

विभिन्न माध्यमबाट प्रकाशित विज्ञापन हेरी सम्पर्कमा आएका युवाहरूलाई एजेन्टले संकलन गरी ५÷१० जनाको समूह बनाई भिसा प्रक्रिया गर्ने गरेको, एजेन्टमार्फत रसिया जान लागेका व्यक्तिहरूको पासपोर्ट प्रज्जल वा निजको सहकर्मीले जम्मा गरी रसिया राजदूतवाासको अनलाइन फर्म भर्ने गरेको, पासपोर्टको अगाडि पछाडिको प्रतिलिपि तथा निमन्त्रणा पत्र दनुवारले बनाई पठाउने गरको र विमानस्थलमा रसियन नागरिकले सुनिश्चित नलिएसम्म अध्यायगमन पास नहुने बुझिएको हुँदा सुनिश्चित समेत गरिएको प्रहरीले जनाएको छ ।

एसएसपी खत्रीले अहिलेसम्म कति संख्यामा नेपाली रसिया पुगेका छन् भन्ने अनुसन्धानको पाटो रहेको बताए । हालसम्म रसियाबाट ११ जना नेपाली फर्किएका छन् । फर्किएकामध्ये केहीले सैनिक अभ्यास पनि गरिसकेका छन् । नेपालीहरू रसिया मात्र नभई युक्रेन समेत गएका छन् । रसियामा छ जना नेपालीको मृत्यु भएको सरकारले पुष्टि गरिसकेको छ । युद्धग्रस्त रसिया र युक्रेन मात्र नभई इजरायल र हमासलगायत युद्ध क्षेत्रमा नेपाली रहेका छन् । हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई सरकारले उद्धारको लागि पहल गरिदिन कतारलाई आग्रह गर्दै आएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा नेपालीहरू युद्धग्रस्तमा मुलुकमा काम गर्न पुग्ने गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया