Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनले भन्यो : कालापानी मुद्दा नेपाल र भारतको मामिला

चीनले भन्यो : कालापानी मुद्दा नेपाल र भारतको मामिला


काठमाडौं, जेठ ७
नेपाल र भारतबीच केही दिनयता चर्किएको पश्चिमतर्फको सीमा विवादबारे चीनले पनि टिप्पणी गरेको छ । चीनको परराष्ट्र मामिला मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद नेपाल र भारतबीचको द्विपक्षीय मामिला भएको बताएको हो । मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त विषय नेपाल र भारतबीचको मामिला भएको बताएका हुन् । चीनको शेन्जेन टिभीले नेपाल र भारतबीच चर्किरहेको पछिल्लो सीमाविवादबारे चीनको प्रतिक्रिया के छ भन्ने प्रश्न गरेपछि झाओले उक्त कुरा बताएका हुन् । झाओले भने, ‘यो दुई देशबीचको विवाद हो । नेपाल र भारतले यो विवाद उपयुक्त र मित्रवत् ढंगबाट सुल्झाउने हाम्रो आशा छ । अवस्थालाई गम्भीर पार्ने कार्य कुनै पक्षले पनि गर्नेछैन भन्ने हामी आशा गर्छौँ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया