Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा आफ्ना सातवटा विभागको नाम परिवर्तन

राष्ट्र बैंकद्वारा आफ्ना सातवटा विभागको नाम परिवर्तन


काठमाडौं, जेठ ८
नेपाल राष्ट्र बैंकले आफ्ना सातवटा विभागको नाम परिवर्तन गरेको छ । नेपाल राष्ट्र बैंक जनशक्ति योजनामा उल्लेख भएअनुसार गभर्नर महाप्रसाद अधिकारीको सहमतिमा विभागहरुको नयाँ नामकरण गरिएको हो । नयाँ नामकरणअनुसार यसअघि सामान्य सेवा विभागलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, अनुुसन्धान विभागलाई आर्थिक अनुसन्धान विभाग, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागलाई लघुुवित्त संस्था सुपरिवेक्षण विभाग, संस्थागत योजना विभागलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयलाई बैंकिङ विभाग, सूचना प्रविधि विभागलाई सूचना प्रविधि महाशाखा र उपत्यका बाहिरका कार्यालयहरुलाई प्रदेशस्थित कार्यालयहरुमा रुपान्तरण गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया