Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमित चार सय ५७ जना थप एकसहित तीन जनाको मृत्यु

कोरोना संक्रमित चार सय ५७ जना थप एकसहित तीन जनाको मृत्यु


काठमाडौँ, जेठ ९
नेपालमा कोरोनाबाट संक्रमितको संख्या चार सय ५७ पुगेको छ । बिहीबार साँझ बाँके र कपिलवस्तुमा थप तीन जना संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या चार सय ५७ पुगेको हो । बिहीबार नै गुल्मीको मदाने गाउँपालिकाका एक जना कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिकाका ३२ वर्षका एक पुरुष र खजुराकी ४२ वर्षकी महिना कोरोना संक्रमित भएका पुष्टि भएको छ । त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपेन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि बिहीबार साँझ नै कोरोना पुष्टि भएको छ ।

यस्तै, बिहीबार नै कोभिड –१९ को संक्रमण दाङका एक जनामा देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको थियो । संक्रमित घोराही उपमहानगरपालिका वडा नंं ३ का ३७ वर्षीय पुरुष हुन् । यस्तै, काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका छन् । निको हुनेमा दुई महिला तथा दुई पुरुष छन् ।

नवौँ दिनको बसाइपछि उनीहरुलाई बिहीबार अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष छन् । यससँगै कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ ।

त्यसैगरी बिहीबार नै झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षको गरी आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया