Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९२ हजार मेट्रिक टन चामल मौज्दात

९२ हजार मेट्रिक टन चामल मौज्दात


काठमाडौं, जेठ ९
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग १६ हजार ५ सय ४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी दुई निकायसँग ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ८ सय ४३ मेट्रिक टन चामल, ६ सय ६४ क्विन्टल फापर, ५ सय २४ क्विन्टल सिमी, ५ सय ५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ८ सय २५ मेट्रिक टन नून गरी एक लाख ३७ हजार ९ सय ६६ मेट्रिक टन मौज्दात छ । मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग दुई हजार २ सय ६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २ सय ७ गरी ६५ हजार ४ सय ७४मेट्रिक टन चिनी मौज्दात छ । यसैगरी निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट्रिक टन मौज्दात छ भने ८३ हजार ९ सय ६७ मेट्रिक टन खाने तेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार नौ सय ३२ किलोलिटर डिजेल आयात भएकामा एक हजार ६ सय ५१ किलोलिटर बिक्री भएको छ भने ३३ हजार १ सय ७४ किलोलिटर मौज्दात रहेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएपछि नेपाल आयल निगमले भण्डारणबाट निश्चित मात्रामा तेल घटेकाले इण्डियन आयल कर्पोरेशनलाई अनुरोध गरेर पाइपलाइन सञ्चालन गर्दै आएको छ । लकडाउन अघि दैनिक सञ्चालन भएको पाइलपाइन हाल आवश्यकतानुसार सञ्चालन गरिँदै आएको छ ।

यसैगरी निगमसँग छ हजार ५ सय ५० किलोलिटर पेट्रोल, दुई हजार १ सय ४२ किलोलिटर मट्टीतेल, सात हजार ३४ किलोलिटर हवाइ इन्धन गरी ४८ हजार नौ सय किलोलिटर पेट्रोलियम पदार्थको मौज्दात छ । त्यस्तै विभिन्न एलपी ग्यास उद्योगसँग ११ मेट्रिक टन ग्यास मौज्दात रहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया