Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले ८ बुँदे माग पूरा नगरेसम्म शव नबुझ्ने मृतकका आफन्तको घोषणा

सरकारले ८ बुँदे माग पूरा नगरेसम्म शव नबुझ्ने मृतकका आफन्तको घोषणा


काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रवार प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव सरकारले ८ बुँदे माग पूरा नगरेसम्म नबुझ्ने आफन्तले घोषणा गरेका छन् । शनिवार प्रधानमन्त्रीको कार्यालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा भएको छलफलमा पीडित परिवारले सरकारसमक्ष ८ बुँदे माग राखेका थिए ।

सरकारले सो घटनाको अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्य संयोजकत्वमा एक छानबिन समिति बनाएको छ । मृतकका आफन्तहरूले गोली हाल्ने निकायमा व्यक्ति राखेर बनाइएको छानबिन समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै त्यसलाई नमान्ने बताएका छन् । उनीहरुले पीडित परिवारको तर्फबाट सहभागिता हुनेगरी अर्को निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन् ।

सरकारले सो घटनामा सुरक्षा निकायको तर्फबाट लापरबाही भएको निष्कर्ष निकाल्दै केही प्रहरीलाई निलम्बन गरेको छ भने ललितपुर बालकुमारीमा रहेको ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया