Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमाल आइरनले बुझायो पहिलो किस्ताबापत २७ लाख १० हजार बक्यौता

हिमाल आइरनले बुझायो पहिलो किस्ताबापत २७ लाख १० हजार बक्यौता


काठमाडौँ । परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले आठ करोड १२ लाख बक्यौतामध्ये हिमाल आइरनले मंगलबार पहिलो किस्ताबापत २७ लाख १० हजार बुझाएको जानकारी दिए ।

प्राधिकरणले उद्योगको शुक्रवार काटेको लाइन उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार राती नै विद्युत् लाइन जोडिएको उप कार्यकारी निर्देशक सिलवालले बताए ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया