Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय विदेशमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

भारतीय विदेशमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता


काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस जयशङ्करले बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए ।

राष्ट्रपति पौडेलले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्दैे हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए ।

सो अवसरमा नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै भारतीय विदेशमन्त्री जयशङ्करले सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताए । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा. जयशङ्कर बिहीबार बिहान काठमाडौँ आएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया