Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभ्रष्टाचार नियन्त्रणका लागि नैतिकता आवश्यक छ : मन्त्री देउवा

भ्रष्टाचार नियन्त्रणका लागि नैतिकता आवश्यक छ : मन्त्री देउवा


सुदूरपश्चिम । धनगढीमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताएका छन् ।

उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न सबैको ऐक्यवद्धता र प्रतिवद्धताको आवश्यकता औल्याए । उनले भने, “भ्रष्टाचार नियन्त्रणका लागि सबैमा स्वअनुशासन, सदाचार र नैतिकता आवश्यक छ ।”

स्वअनुशासनमा बसेर काम गर्न सकिएमा धेरै हदसम्म अनियमितता रोकिने बताउँदै प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तरक्रियाबाट सरकारलाई योजना कार्यान्वयनमा सहजीकरण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रचलित कानुन विपरीतको काम गर्न कसैलाई पनि छुट नहुने अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त डा. हरि पौडेलले बताए । उनले भने, “आ–आफ्नो काम कर्तव्यप्रति जवाफदेही बन्नसक्नुपर्छ, निस्वार्थ ढङ्गले काम गर्दा कुनैपनि समस्या आउँदैन ।”

आयुक्त डा. पौडेलले कार्यक्रममा उठाइएका जिज्ञासाको जवाफ दिदै बेनामी उजुरीले आयोग पनि पीडित रहेको उल्लेख गरे । उनले थपे, “यस्ता उजुरीलाई पूरै रोक्न सक्ने अवस्था पनि छैन, न्यूनीकरण गर्ने प्रयासमा छौँ ।”

प्रदेशसभाका सदस्य धर्मराज पाठक, गीतादेवी चौधरी र खेमादेवी विष्ट, प्रदेश सरकारका प्रमुख सचिव डा. हरि लम्साललगायतले पनि कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारेमा प्रकाश पारेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया