Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीद्वारा १७ देशका मुद्रा सहित रामबहादुर बम्जन पक्राउ

प्रहरीद्वारा १७ देशका मुद्रा सहित रामबहादुर बम्जन पक्राउ


काठमाडौँ । मंगलबार प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँसहित रामबहादुर बम्जनलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीले उनको साथबाट १४ वटा मोबाइल, तीन करोड तीन लाख ७५ हजार नेपाली रुपैयाँ र १७ देशका मुद्रा बरामद गरेको जानकारी दिएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनले धुम्बाराहीको एउटा कम्पनीलाई ५ करोडको गाडी किन्नका लागि ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट मोबाइलबाहेक गाडीको चाबी १ थान, विभिन्न ब्राण्डको पेनड्राइभ २० थान, भोइस रेकर्डर १ थान, ३ वटा मोटरसाइकलको बिलबुल, विभिन्न ब्राण्डको मेमोरी कार्ड २ थान, आईप्याड र ट्याब ५ थान बरामद भएको सीआईबीले जनाएको छ ।

बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६-१०-२३मा अनुमति दिएको थियो । बाराको हलखोरियामा ०७१ साल साउनमा बम्जनको आश्रममा रहेकी एक महिलाले आफू बम्जनबाट बलात्कृत भएको भन्दै उजुरी दिए पनि कारबाही चल्न सकेको थिएन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया