Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपतिसँग सार्कका नवनियुक्त महासचिवको भेट

राष्ट्रपतिसँग सार्कका नवनियुक्त महासचिवको भेट


काठमाडौँ । राष्ट्रपतिभवनमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेट गरेका छन् ।

भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताए । राष्ट्रपतिले सार्कका अन्य सदस्य राष्ट्रहरुले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिनेछन् भन्नेमा आफू आशावादी रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया