Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड–१९ को सङ्क्रमणबाट थप एकसहित चार जनाको मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट थप एकसहित चार जनाको मृत्यु


काठमाडौं,जेठ १३
कोरोना भाइरस (कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको जेठ ४ गते नै मृत्यु भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार योसँगै कोभिड–१९ बाट मृत्यु हुनको सङ्ख्या नेपालमा चार पुगेको छ । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक/एक जनाको मृत्यु भएको थियो ।

मृतकको कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पुष्टि भएको हो । सत्तरी वर्षीय उनी क्षयरोगीसँगै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी रहेका थिए । श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ २ गते भर्ना गरिएको थियो । उनको जेठ ३ गते स्वाब सङ्कलन गरी नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँको रिपोर्टमा शङ्कास्पद आएपछि उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । त्यहाँ परीक्षण गर्दा पोजेटिभ आएको प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया