Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसफा नोट नीतिमा गरिएको संशोधनले सर्वसाधारणलाई कुनै असुविधा हुँदैन : राष्ट्र बैंक

सफा नोट नीतिमा गरिएको संशोधनले सर्वसाधारणलाई कुनै असुविधा हुँदैन : राष्ट्र बैंक


काठमाडौं, जेठ १३
सफा नोट नीतिमा गरिएको संशोधनले सर्वसाधारणलाई कुनै असुविधा नहुुने नेपाल राष्ट्र बैंकले प्रष्ट पारेको छ । राष्ट्र बैंकले सफा नोट नीति २०७३ मा संशोधन गरी चलनचल्तीमा जाने नोटका सम्बन्धमा थप व्यवस्था गरेको छ । संशोधनको प्रमुख उद्देश्य सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्ने र कोभिड–१९ महामारीका कारण नोट छपाइ तथा ढुवानीमा भइरहेको असहजतालाई दृष्टिगत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेका ठूलो संख्याका नोटलाई जलानमा नलगी पुनः बजारमा लैजान सहयोग पु(याउनु रहेको राष्ट्र बैंकले जनाएको छ ।

सफा नोट नीतिमा गरिएको संशोधनले चलनचल्तीमा जान अयोग्य नोटका बारेमा रहेको साबिकको व्यवस्थालाई थप प्रष्ट मात्र पारेको र यस व्यवस्थाले सर्वसाधारणलाई कुनै असुविधा नहुने नेपाल राष्ट्र बैकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनले भने, ‘हालको संशोधनले बैंक तथा वित्तीय संस्थाहरुको मुद्रा व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पु(याउने, सफा नोटको प्रयोगलाई बढावा दिनेर यी संस्थाहरुले एटीएम मेसिनमा राख्न मिल्ने नोटलाई हरियो रंगको फरक स्लिप लगाउनुपर्ने नयाँ व्यवस्था गरेको छ ।’

संशोधित सफा नोट नीतिका प्रमुख विशेषताहरुमा बैैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटहरुलाई एटीएमलगायतका मेसिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउनयोग्य, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनुपर्नेछ । यसैगरी एटीएमलगायतका मेसिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङ्गको स्लिप प्रयोग गर्नुुपर्नेछ । काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ भने चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ । नोटमा स्टिचको प्रयोग गर्नुहुँदैन । यसमा आवश्यकतानुसार रबररप्लाष्टिकरपेपर ब्याण्ड प्रयोग गर्न सकिनेछ । साथै, नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने/गराउने व्यवस्था मिलाउनुपर्नेछ ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेकोरलेखिएकोरकोरिएकोरमेटिएकोरच्यातिएको वा पूर्वराजाको तस्बिर अंकित भएको नोटलाई बजारमा पुनः पठाउन नमिल्ने नोटको रुपमा वर्गीकरण गरी त्यस्ता नोटलाई चलनचल्तीमा पठाउन नहुने उनको भनाइ छ ।

विप्रेषण भई आएको सम्पूर्ण रकम तथा कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुुपर्ने : विप्रेषण अर्थात् रेमिट्यान्स कारोबारमा संलग्न सम्पूर्ण कम्पनीहरुले विप्रेषण भई आएको सम्पूर्ण रकम तथा कमिसन विदेशी मुुद्रामा नै प्राप्त गर्नुुपर्ने भएको छ । राष्ट्र बैंकले आइतबार अनुमतिप्राप्त सबै रेमिट्यान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

परिपत्रमा भनिएको छ, ‘कोरोना भाइरस (कोभिड १९)को अवस्था विद्यमान रहेसम्मको अवधिको लागि विभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा कामदार कार्यरत कम्पनीले सम्बन्धित बैंकमा खाता खोली उक्त खातामा कामदारको पारिश्रमिक जम्मा गर्ने, सोही खातामा रहेको रकमबाट कम्पनी तथा प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हिताधिकारीको नाउँमा भुक्तानी हुुने गरी विदेशी मुुद्रा विप्रेषण गरी नेपाल पठाउने र उक्त रकम नेपालमा प्राप्त गरिसकेपछि सम्बन्धित विप्रेषण प्रदायकले नेपालस्थित हिताधिकारीलाई विद्यमान व्यवस्थाअनुरुप भुक्तानी गर्नसक्ने गरी विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी भुक्तानी दिनुुपर्नेछ ।

यसको लागि पाँचवटा शर्त तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । ती शर्तहरुमा विप्रेषण भई आएको रकम रकम तथा कमिसन विदेशी मुुद्रामा प्राप्त गर्नुुपर्ने, विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेको हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान व्यवस्थाअनुरुप उपलब्ध गराउनुुपर्ने तथा यसरी प्राप्त भएको विवरणको आधारमा नेपालस्थित विप्रेषण सेवा प्रदायक कम्पनी, बैंक तथा वित्तीय संस्था, एवं कम्पनीले अन्तिम हिताधिकारी एकीन गरी नेपाली रुपैयाँमा भुक्तानी गर्नुुपर्नेछ । यसको लागि एएमएल, सीएफ्टीका सम्बन्धमा कायम रहेको व्यवस्थाको पूर्णरुपमा पालना गर्नुुपर्नेछ । राष्ट्र बैंकका अनुुसार सोहीअनुरुप कारोबार गर्दा अस्वाभाविक कारोबार भएको पाइएमा तत्काल कारोबार बन्द गरी त्यसको जानकारी राष्ट्र बैंकमा गराउनुुपर्नेछ । यो व्यवस्थाअन्तर्गत कारोबार सीमा प्रतिदिन, प्रतिपटक, प्रतिव्यक्ति अधिकतम कारोबार सीमा अमेरिकी डलर एक हजार पाँच सय कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया