काठमाडौँवासीलाई मेलम्चीको पानी नियमित उपलब्ध गराउन सरकार प्रयासरत छ : प्रधानमन्त्री
काठमाडौँ । सिंहदबारमा सोमबार मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन । उनले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाइ अगाडि बढाइने बताए ।
सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिने जनाउँदै उनले तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ताको धारामा वितरण गरिने व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।
हरेक वर्ष मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मनसुन अवधिभर सुरूङ सञ्चालन बन्द गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बाह्रैमहिना पानी आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकार क्रियाशील रहेको बताए । यस वर्षको बाढीले मेलम्ची हेडवर्क्समा गत वर्षको तुलनामा धेरै क्षति पुर्याएकाले पानी आपूर्तिमा केही विलम्ब हुन गएको उनको भनाइ छ ।
यस वर्ष खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी विकास समितिको प्रयासमा खानेपानी पथान्तरण कार्य सम्पन्न भई पुनः वितरण शुभारम्भ भएको जनाउँदै उनले आयोजनालाई दीगो रूपमा सञ्चालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।
मेलम्ची खानेपानी आयोजनालाई बाह्रै महिना निरन्तर सञ्चालन गर्न तथा याङ्ग्री र लार्के खोलाको पानी ल्याएर राजधानीवासीको प्यास मेट्न आफू क्रियाशील रहेको खानेपानी मन्त्री महिन्द्रराय यादवले बताए । उनले काठमाडौँ उपत्यकामा खानेपानीको बैकल्पिक व्यवस्था गर्न सिस्नेरी, महादेव खोला र ठोस्ने खोलाको पानी ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए ।
काठमाडौँ उपत्यकावासीलाई सर्वसुलभ रुपमा २४ सै घन्टा खानेपानी उपलब्ध गराउनेतर्फ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको ध्यानाकर्षण गराए । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले मेलम्ची आयोजनालाई दिगो बनाउन कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
- बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
- ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया