Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु


चितवन । पश्चिम चितवनको फूलबारीमा सोमबार खाना पकाउने ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया