गण्डकी प्रदेश सरकार विपद्का बेला जनताको साथमा छ : पाण्डे
वालिङ (स्याङ्जा) । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताएका छन् । मंगलबार स्याङ्जाको वालिङमा भएको उद्धार विपद् तथा नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशका विभिन्न ठाउँमा भएका विपदका समयमा गण्डकी प्रदेश सरकार तत्कालै विपद प्रतिकार्यमा जुटेको जानकारी दिए । विपद् पूर्वको तयारी र विपद्पछिको उद्धार, राहत, क्षतिपूर्ति, पुनःस्थापन लगायतका कार्यका लागि गण्डकी प्रदेश सरकारले दश करोड विनियोजन गरेको उनले बताए ।
विपद् व्यवस्थापनका लागि गण्डकी प्रदेशभित्रका स्थानीय तहलाई पनि न्यूनतम दश लाख विनियोजन गर्न निर्देशन दिइएको उनले बताए । उनले गण्डकी प्रदेश सरकारले विपदपछि आइपर्ने उद्धारकार्यका लागि तालिम, प्रशिक्षण, उपकरण खरिदमा सहयोग र सुरक्षाकर्मीको मनोबल बढाउने कार्य गर्दै आएको बताए ।
‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ, भन्ने मूल नारासहित गण्डकी प्रदेश सरकारको सहयोग, समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा वालिङ– ९ स्थित भुम्रेमा बाढीपहिरो, भूक्षय, भूकम्प, आगलागी लगायतका विपद्का समयमा गर्ने विधिको नमुना प्रदर्शन गरिएको थियो ।
गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभाका सदस्य, स्याङ्जाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित आँधीखोलाको किनारमा गरिएको नमुना अभ्यास प्रदर्शन अवलोकन गर्न स्थानीयवासीको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया