Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु


डोटी । डोटीमा जङ्गली बँदेलको आक्रमणबाट केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको मंगलबार मृत्यु भएको छ ।

बँदेलको आक्रमणबाट घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिए ।

मंगलबार बिहान घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए । भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया