Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल र भारतबिच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध छ : आचार्य

नेपाल र भारतबिच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध छ : आचार्य


तौलिहवा । नेपाल-भारत मिल्लत परिषद्ले आयोजना गरेको नेपाल र भारतबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध सम्बन्धी एकदिवसीय सम्मेलनमा नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् ।

मन्त्री आचार्यले बिना भिसा दुई देशका नागरिक आवतजावत गर्नसक्ने गरी स्थापित नेपाल–भारत सम्बन्ध अन्यत्र विरलै पाइने बताए । नेपाल र भारतबिच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउँदै उक्त सम्बन्धलाई वर्षौंसम्म बचाई राख्नु सबैको दायित्व रहेको उनको भनाइ छ ।

भारतले नेपालसँगको सहकार्यलाई अझै सुदृढ बनाउँदै गएको भारतका तर्फबाट प्रोफेसर डाक्टर राज कुमारले बताए । कार्यक्रममा भारतका तर्फबाट प्रोफेसर डाक्टर कौसर उसमानको सहभागिता थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया