Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न आग्रह

मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न आग्रह


काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरमा कुनै शंका नगर्न आग्रह गरेको छ । पछिल्लो पटक गत सोमबारदेखि काठमाडौंमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको जानकारी गराएकी छिन् । मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै उनले पानीको गुणस्तरीयतामा शंका नगर्न आग्रह गरिन् । मन्त्रालयका अनुसार मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ । पुराना पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि ‘फ्लसिङ’सँगै क्रमशः सफा पानी प्रवाह हुने मन्त्रालयले जनाएको छ ।

मेलम्चीको पानी धमिलो आएको र यसको गुणस्तरमा शंका लागेको भन्ने हल्ला चलेपछि मन्त्रालयले अपिल जारी गरेको हो । यसैबीच मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेकाले कुनै समस्या भएमा सो समितिमा खबर गर्नसमेत सो सूचनामा आग्रह गरिएको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया