Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबक्सिङ खेलाडी मृत फेला, एक जना पक्राउ

बक्सिङ खेलाडी मृत फेला, एक जना पक्राउ


काठमाडौँ । भक्तपुरमा बक्सिङ खेलाडी नीता गोसाइँ दुई दिनअघि भक्तपुरस्थित घरको कोठामा मृत फेला परेकी थिइन् । उक्त घटनामा आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरी वृत्त जगातीको टोलीले एक जनालाई पक्राउ गरेको भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार सशस्त्र प्रहरीको जवान पदमा कार्यरत समेत रहेकी गोसाइँको शव पोस्टमार्टका लागि पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी गोसाइँ नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया