Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण

नेपालमा एकै दिन ९० जनामा कोरोना संक्रमण


काठमाडौं, जेठ १४
नेपालमा एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको छ । मंगलबारबाट कोरोना संक्रमित जिल्लाको संख्या ४६ पुगेको छ । एकै दिन यति धेरै संक्रमित थपिएको यो नै पहिलो घटना हो । मंगलबारसम्म एक सय ५५ जना कोरोनालाई जितेर घर फर्किएका छन् । चार जनाको भने कोरोनाको कारण मृत्यु भएको छ । मंगलबार मात्र नारायणी अस्पतालमा पर्साका ४३ जना डिस्चार्ज भएका छन् । ७ देखि ५३ वर्ष उमेर समूहका मानिसहरू मंगलबार ११ देखि १६औँ दिनमा डिस्चार्ज भएका हुन । तीमध्ये दुई महिला र ४१ पुरुष छन् ।

सोमबार मात्रै ७९ जनामा सङ्क्रमण देखिएको थियो । महोत्तरीमा दुई, जुम्लामा दुई, बारामा तीन, रौतहटमा २२, सिराहामा पाँँच, धनुषामा एक, बाँकेमा आठ, रुपन्देहीमा एक, अर्धाखाचीमा दुई, गुल्मीमा दुई, कैलाली र अछाममा एक एक, स्याङ्जामा दुई, सुर्खेतमा १२ र कपिलवस्तुमा २६ जनामा कोरोना देखिएका छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा महोत्तरी, मनरा गापा १० वडा नं. २ का ३० र ३५ वर्षीय पुरुष, जुम्ला हाल बारामा कार्यरत दुई जना ३५ र ३६ वर्षका पुरुष, बारा पचाटा नपा वडा नंं १ का पिपरपती मावि क्यारेन्टिनम रहेका तीन जना क्रमशः १९, ३० र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी रौतहट गौर नगरपालिका वडा नंं १, २ र ६ का आठ जना चार वर्षदेखि ४० वर्षका छन् । तीमध्ये एक महिला र सात पुरुष छन् ।

यसैगरी रौतहट देवाही गोनाही नगरपालिका वडा नं. २, ७ र ८ नम्बर वडाका ६ जना १८ देखि ४१ वर्षका पुरुष छन् । रौतहटकै करुनिया वडा नं १ र ४ का २६ देखि ४८ वर्षका ६ पुरुषमा पनि सङ्क्रमण देखिएको छ । रौतहटकै राजदेवी नगरपालिका वडा नंं ६ का २२ वर्षीय एक पुरुष, रौतहटकै गरुडा नगरपालिका वडा नंं १ का २४ वर्षीय पुरुष छन । सिराहा नवराजपुर वडा नंं १ का १८ वर्षीय पुरुष, सिराहा भगवानपुर गाउपालिका वडा नंं ४ र ५ का २५ देखि २९ वर्षीय चार पुरुष, धनुषा वेलामुखियायत्ति गाउँपालिका वडा नं १ का २२ बर्षीय एक पुरुष छन् ।

यसैगरी भेरी अस्पतालमा नेपालगञ्जमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ । बाँकेका २० वर्षदेखि ४६ वर्षसम्मका सात जना पुरुष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ का २२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । रुपन्देहीको परीक्षणमा कपिलवस्तु मायादेवी ७ का २२ र ५० वर्षका दुई पुरुष, अर्घाखाची कमला माविमा रहेका १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका एक ३६ वर्ष र अर्को एक जना उमेर नखुलेका पुरुष गरी दुई र रुपन्देही लुम्बिनी अस्पतालमा २२ वर्षका एक जना छन् ।

सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३८ वर्षीय पुरुष र अछामका एक ११ वर्षीय महिला छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जा बालिङ ७ का २० र २९ वर्षीय दुई पुरुष छन् । सुुर्खेत प्रादेशिक अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको छ । सुर्खेत वीरेन्द्रनगर वडा नंं १, २, ३ र ६ का ९ वर्षदेखि ४६ वर्षका आठ जना रहेका छन् । तिमध्ये एक जना महिला र सात पुरुष छन् । यसैगरी सुर्खेत भेरीगंगा ८ का १६ र १७ वर्षका दुई पुरुष, सुर्खेत सिम्ता ४ का ३५ र ४९ वर्षका दुई पुरुष, यस्तै कपिलवस्तुमा गरिएको परीक्षणमा कपिलवस्तुका दुई वर्षदेखि ५५ वर्षसम्मका २४ जना रहेका छन् । तिमध्ये एक महिला र २३ पुरुष छन् । अहिलेसम्म ७७२ सङ्क्रमितमा ६८८ पुरुष र ८४ महिला छन् ।

सरकारले ५५ हजार दुई सय ८२ जनालाई क्वारेन्टाइनमा राखेको छ । पछिल्लो समयमा भारतबाट नेपालीको आउने क्रम जारी रहेको कारण क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो । कोरोना संक्रमितहरु पनि भारतबाट आएका वा भारतबाट आएकासँग सम्पर्कमा आएकाहरु बढी छन् । वैशाखमा लकडाउनमा केही खुकुलो पार्दा पनि कोरोना संक्रमितको संख्या बढ्न गएको अनुमान गरिएको छ ।

सरकारले ५४ हजार चार सय २४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको छ । भारतबाट बिना परीक्षण नेपाल भित्रिनेको संख्या बढेको कारण कोरोना संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले स्वदेश फिर्ता हुन चाहनेलाई हाल बसोबास रहेको देशले कोरोना परीक्षणलाई अनिवार्य भने पनि भारतले नेपालीलाई कोरोना परीक्षण नगरी धमाधम नेपाल पठाइरहेको छ । सरकारले आरडीटी विधिबाट ९७ हजार नौं सय ६७ जनाको परीक्षण गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया