Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवरिष्ठ गायक योगेश वैद्यको निधन

वरिष्ठ गायक योगेश वैद्यको निधन


काठमाडौँ । लामो समयदेखि मधुमेहबाट पीडित वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर केही समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

पछिल्लो समय उनी पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए । २००३ सालमा नरदेवीमा जन्मिएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् ।

विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित भएका छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया