सरकारसँग जोरी खोजेर समस्याको समाधान हुँदैन: कुल आचार्य
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का निवर्तमान अध्यक्ष कुल आचार्यले एनआरएनए संस्थाको नवीकरण गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन् । अदालतमा मुद्दा गरेर, सरकारसँग जोरी खोजेर समस्याको समाधान नहुने उनले बताए । एनआरएनएमा बद्री केसी नेतृत्वको समूहले संस्था नवीकरण नगरिदिएको भन्दै परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत ललितपुरमा मुद्दा दर्ता गरे पछि उनले त्यस्तो टिप्पणी गरेका हुन् ।
पाटन उच्च अदालतले परराष्ट्र मन्त्रालयलाई १५ दिनको कारण देखाउ आदेश जारी गरेको छ । ‘अहिलेको अवस्थामा सबैले मिलेर एक ठाउँमा बसेर तालुकदार मन्त्रालयसंग सहकार्य गरेर समस्या समाधान गर्नुको विकल्प हुँदैन, नकि त्यही मन्त्रालयसँग जोरी खोजेर मुद्दा मामला गरेर हामी कहाँ पुग्छौं ? जसले संरक्षण दिने हो उहीसँग हामी लड्न थाल्यौ भने हामीले संस्थालाई कहाँ पुर्याउँछौं ? त्यो काम बन्द गर्न अनुरोध गर्छु’, आचार्यले भने ।
उनले बद्री केसी र आरके शर्मा नेतृत्वको दुई समूहबीचको संवादहीनतालाई अन्त्य गरी समस्या समाधान गर्न आफूहरु प्रयासमा रहेको र केसीले नेतृत्व गरेको समूहले प्रविधिको दुरुपयोग गरी संस्थालाई मुट्ठीमा राख्न चाहेकोले संवादमा नआएको आरोप लगाए । उनले संविधानले गैरआवासीय नेपालीलाई दिएको सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारलाई व्यवस्थित गरी गैरआवासीय नेपालीलाई नागरिकता वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि विवादमा रहेका दुबै पक्ष एकीकृत भएर नागरिकताको समस्या समाधान गर्न लाग्नुपर्ने धारणा उनको छ ।
आचार्यले भने, ‘हामीले जसरी मिलेर यो समस्याको समाधान पहिला गरेका थियौं नागरिकता पाउने सन्दर्भमा जुन उपलब्धि हासिल गरेका थियौं । अहिले नमिल्दै गर्दा ति कुरा ओझेलमा पर्छन् । सबै पक्षका साथीहरु सँगै हिँडेर धेरै कामहरु भएका थिए । अहिलेको विवादले गर्दाखेरी सरकारसँग हाम्रा समस्या छन् र समाधान गर्दिनुपर्यो भनेर कुरा गर्नसक्ने अवस्था छैन । त्यसकारण सबै पक्षलाई आग्रह के भने यदि गैरआवासीय नेपालीको हितमा काम गर्न आउनुभएको हो भने विवाद मिलाउनुस,आफ्नो स्वार्थ छ भने लडिराख्नुस ।’
विवाद मिलाउन आफूहरुले चासो दिएरै लाग्दा पनि स्वार्थका कारण विवाद समाधान हुन नसकेको उनले बताए । आफैंले विवाद मिलाएर सबैलाई समेटेर काम गर्ने चेष्टा नेतृत्वले गर्नुपर्ने र त्यो नगरेसम्म कुनै नेतृत्वलाई विश्वास गर्न नसकिने उनले धारणा राखे । आचार्यले भने, ‘सबैले एक ठाउँमा बस्नुको विकल्प छैन । यदि बस्नुभएन भने अहिले हामीले जति काम गरेका छौ ति कामका उपलब्धिहरुलाई पनि राम्रोसँग कार्यान्वयन गर्न सकिँदैन । त्यतातिर सोच्न सबैलाई अनुरोध गर्दछु ।’
उनले थपे, ‘महाधिवेशनको एउटा पाटो निर्वाचन थियो त्यसमा मात्रै केन्द्रीत रहेर केही साथीहरुले जसरी हुन्छ चुनावलाई आफ्नो पोल्टामा राख्नेगरी यो संस्थाको कतै न कतै दुरुपयोग गरिरहेको भान भएको छ ।’ उनले १०औँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएका विभिन्न समूहलाई मिलाउन प्रधानमन्त्रीको पहलमा गत असारमा भएको एकतासम्बन्धी चार बुँदे सहमतिलाई समेत कार्यान्वयन नगरेको भन्दै डा.बद्री केसी नेतृत्वको समूहले संस्थाको दुरुपयोग गर्न रोक्नुपर्ने बताए ।
‘जो आफैं देशको प्रधानमन्त्रीको अगाडि बसेर गरेको सहमतिमा हस्ताक्षर गरेर आए, त्यसलाई पनि सदुपयोग र कार्यान्वयन नगर्ने र जुन किसिमबाट आफैं यो संस्थालाई हाँक्छु, अगाडि लिएर लैजान्छु भन्ने नेताज्यूहरु हुनुहुन्छ उहाँहरुले संस्थालाई दुरुपयोग गरेको र मिलाउन भन्दापनि बिखण्डन गरेर सानो गुटमा रमाउन खोजेको पाइएको छ । त्यसलाई बन्द गरेर समग्र नेपाली डायस्पोरालाई अगाडि बढाउन र त्यसमार्फत नेपालको विकासमा आउनको लागि म सबै पक्षलाई अनुरोध गर्छु’, उनले भने ।
आचार्यले भने, ‘काम गर्दै जाँदाखेरी कतिपय कुराहरुमा कमजोरी भए होलान । अलि बढी झगडा गरेर विवादलाई टुंग्याउनु पथ्र्यो होला । हिजो विधान बनाउने बेलामा अझ बढी कठोर बन्नुपर्ने थियो होला, त्यो नहुँदै गर्दा कसैले त्यसलाई दुरुपयोग गर्न खोज्दा रोक्न सक्नुपथ्र्यो होला । त्यस्ताखाले कुराहरु आएका छन् । मैले नेतृत्व लिँदा सुल्झाउनु पथ्र्यो भन्ने कुरा आउनु स्वाभाविक पनि हो । तर, कसैको पेसा नै सत्ताको दुरुपयोग गर्नुमात्र रहेको पाइन्छ । तर हाम्रो काम भनेको समस्याको समाधान गर्नु थियो । संसारभरका नेपालीले यहीँनेर फरक छुट्याउन सक्नुपर्छ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया