Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहिमपातपछि कालिञ्चोकमा पर्यटकको भिड

हिमपातपछि कालिञ्चोकमा पर्यटकको भिड


दोलखा । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोकमा गत मंगलबार भएको हिमपातपछि श्रद्धालु भक्तजन तथा पर्यटकको भिड लागेको छ । कालिञ्चोक भगवतीको दर्शन गर्न तथा कुरी घुम्न शुक्रबार र शनिबार मात्रै करिब १० हजारभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक कालिञ्चोक पुगेका छन् ।

कात्तिक महिनापछि एकैपटक यति धेरै पर्यटक आएको हिमपातपछि नै रहेको स्थानीयले बताएका छन् । हिमपातपछिको पहिलो, दोस्रो र तेस्रो दिन खासै पर्यटक नआएपछि शुक्रबार र शनिबार भने उल्लेख्य मात्रामा आएको त्रिपुरा रिसोर्ट कालिञ्चोकका सञ्चालक चन्द्रकुमार लामाले बताए । ‘शुक्रबार पैदलसँगै केबलकारमार्फत मन्दिर स्थल पुग्ने भक्तजनको भिड थियो । यहाँका होटलहरू पनि भरिभराउ छन्’, उनले भने । यहाँका होटलका सबै रुम बुकिङ भएकाले पर्यटकलाई राख्न होटल अभाव भएको समेत लामाले बताए । तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलोगरी हिमपात भएको थियो । ‘हिउँ पातलो भएर समस्या भो, नभए भारत र बङ्गलादेशका पर्यटकको आगमन थेगिनसक्नु हुन्थ्यो’, उनले भने ‘तर पनि दुई दिनमा कुरी बजारमा मात्रै १० हजार बढी पर्यटकहरू भित्रिएका छन् ।’ गत वर्षको जस्तो समयमा नै हिमपात भएको भए जिल्लाको आर्थिक गतिविधि धेरै नै चलायमान हुने यहाँका व्यवसायीको अनुमान छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया