Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसद् बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने

संसद् बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा आइतबार प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग संयुक्तरुपमा छलफल गरेका छन् ।

उनले संसद्को आगामी अधिवेशनदेखि नै थप प्रभावकारी ढङ्गले बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने र त्यसका लागि १५ दिनको, ३० दिनको र सिङ्गो सत्रका लागि अलगअलग क्यालेन्डर बनाउनेबारेमा छलफल भएको सञ्चारकर्मीलाई जानकारी गराए । साथै संसद्को सत्र कहिलेसम्म सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको र विभिन्न रायसुझाव प्राप्त भएको उनले बताए ।

बैठकमा उनले समितिमा विधेयकसम्बन्धी अवस्था र बाँकी रहेका विषयका बारेमा जानकारी लिनुका साथै आवश्यकताअनुसार बैठक बोलाएर समझदारीका साथ छिटो सक्न निर्देशन दिएका थिए ।

बैठकमा दातृ निकायबाट समितिलाई हुने विभिन्न सहयोगका विषयमा पनि छलफल भएको र त्यस्तो छलफल एकीकृतरुपमा तथा संसद् सचिवालयलमार्फत गर्दा राम्रो हुने सुझाव आएको सभामुख घिमिरेले बताए ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट