Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश सरकारद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण

प्रदेश सरकारद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण


वीरगञ्ज, जेठ १४
कोरोना रोगको परीक्षण तथा उपचारका लागि प्रदेश सरकारले नारायणी अस्पताललाई भीटीएम किटलगायत विभिन्न प्रकारका स्वास्थ्य उपकरण एवं खानानास्ता व्यवस्थापनको लागि २५ लाख रुपैयाँ प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन प्रसाद उपाध्यायलाई राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको हो । मुख्यमन्त्री लालबाबु राउत तथा प्रदेश सभासदस्यहरुले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई उक्त स्वास्थ्य सामग्री एवं चेक हस्तान्तरण गरेका थिए ।

प्रदेश सरकारले नारायणी अस्पताललाई प्रदान गरेको स्वास्थ्य सामग्रीहरु भीटीएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लब्स १ हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानिटाइजर २५ लिटर, पीपीई३० थान, गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान रहेको छ । यसअघि प्रदेश सरकारले नारायण अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराउँदै त्यसको सञ्चालनको लागि ५० लाख रुपैयाँ समेत उपलब्ध गराएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया