Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वसभामुख महराका छोरा राहुललाई थुनामा पठाउने आदेश सदर

पूर्वसभामुख महराका छोरा राहुललाई थुनामा पठाउने आदेश सदर


काठमाडौं । भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामा नै रहने भएका छन् । यो मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको थुनछेक आदेश सदर गरेसँगै राहुल थुनामा रहने भएका हुन् ।

उनी जिल्ला अदालत काठमाडौंको आदेशपछि थुनामै थिए । न्यायाधीश अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो । राहुलमाथि आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधको अभियोगमा मुद्दा चलेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया