Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी


काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा सञ्चालन गरेको नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी सकिएको छ । सेना दिवस २०८० को अवसरमा आयोजित सो प्रदर्शनी शनिबार सकिएको हो ।

माघ ९ गतेदेखि सञ्चालन भएको प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने डकुड्रामा, फोटो, हातहतियार र उपकरणहरू राखिएको थियो । यसका साथै प्रदर्शनीमा सैनिक पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद तथा विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरूको प्रदर्शनी गरिएको थियो । पाँच दिनसम्म करिब १० हजार जनाले सो प्रदर्शनीको अवलोकन गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रदर्शनीको गत माघ ९ गते प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए ।

नागरिकलाई नेपाली सेनाको विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित सो प्रदर्शनीबाट अवलोकनकर्ताहरूलाई नेपाली सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान समयमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी प्राप्त भएको विश्वास लिइएको सेनाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया