Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुस्सुका कारण शनिबार बिहानदेखि नेपालगञ्जबाट हवाइ सेवा अवरुद्ध

हुस्सुका कारण शनिबार बिहानदेखि नेपालगञ्जबाट हवाइ सेवा अवरुद्ध


नेपालगञ्ज । बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली र पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जले शनिबार बिहानदेखि उडान हुन नसकेको जनाएको छ ।

उडान अवरुद्ध भएपछि करिब एक हजार यात्रु नेपालगञ्जमा मौसम खुल्ने आसमा विमानस्थलमै बसिरहेका छन् । उपचारका लागि काठमाडौं जाने यात्रु भने बढी समस्यामा परेका छन् । १६ सय मिटर भिजिबिलिटी हवाइ उडानका लागि आवश्यक पर्ने भए पनि ७ र ८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया