Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमीनकुमारी राणा प्रतिष्ठानद्वारा पत्रकार नेपाल, नेता न्यौपाने र खेलाडी थापामगर पुरस्कृत हुँदै

मीनकुमारी राणा प्रतिष्ठानद्वारा पत्रकार नेपाल, नेता न्यौपाने र खेलाडी थापामगर पुरस्कृत हुँदै


काठमाडौं । मीनकुमारी राणा प्रतिष्ठानले प्रजातन्त्र सेनानी सम्मान तथा पुरस्कार भक्तपुरका पाका नेता लेखनाथ न्यौपानेलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका महासचिव रबि राणाका अनुसार दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा माघ २५ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा न्यौपानेलाई सम्मान गर्ने निर्णय भएको हो ।

त्यस्तै, पत्रकारिता पुरस्कार देशान्तर साप्ताहिकका संस्थापक सम्पादक एवं वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरिएको छ । र, राष्ट्रिय खेलकुद पुरस्कारका लागि बक्सिङका पूर्व राष्ट्रिय खेलाडी एवं साफ पदक विजेता प्रकाश थापामगरलाई प्रदान गर्ने निर्णय गरिएको पनि राणाले बताए । यी सबै पुरस्कार र छात्रवृत्ति राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहकाबीच प्रदान गर्ने बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया