Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबालेनले निलम्बन गरे काठमाडौं महानगरका शिक्षा विभाग प्रमुखलाई

बालेनले निलम्बन गरे काठमाडौं महानगरका शिक्षा विभाग प्रमुखलाई


काठमाडौं । मेयरको क्षेत्राधिकार मिचेर काम गरेको आरोपमा काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन् । उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैंले गरेपछि मेयर बालेन्द्र साह(बालेन)ले स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेका हुन् । विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए । शिक्षा समितिको बैठक मेयरको संयोजकत्वमा बस्छ तर रत्नराज्य माविको विषय कोइरालाले समितिको बैठकमा नलगी आफैंले निर्णय गरेको बताइएको छ ।

विद्यालयले यस वर्षदेखि कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु गरिसकेको छ । हाल यस संकायतर्फ कक्षा ११ मा ३० विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले बताए । उनका अनुसार विज्ञान संकाय पढाउने अनुमतिका लागि यसअघि शिक्षा विभाग प्रमुखमा रामप्रसाद सुवेदी हुँदादेखि नै प्रक्रिया सुरु गरी गत असारमा अनुमति मिलेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया