Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमानुङकोेटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री आचार्य

मानुङकोेटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री आचार्य


दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिकाले मंगलबार आयोजना गरेको सातौँ व्यास नगर अल्ट्रा म्याराथनको व्यास नगरपालिका–५ मानुङकोटमा उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले मानुङकोटले देशकै पर्यटन क्षेत्रमा योगदान पुर्यार्उने बताएका छन् । मन्त्री आचार्यले मानुङ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको र यसले देशको पर्यटन क्षेत्रमा योगदान दिने उल्लेख गरे ।

मानुङकोेटमा पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले सङ्घ सरकारको समेत यसमा समर्थन रहने बताए । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । प्रत्येक वर्ष धावकलाई दौडाउने मात्रै नभई यहाँको पर्यटन र संस्कृतिका बारेमा प्रचारप्रसार गर्नु उद्देश्य रहेको उनको भनाइ छ ।

शहीद दिवसका अवसर पारेर व्यास नगरपालिकाले मंगलबार ४४ किमी दूरीको सातौँ व्यास नगर अल्ट्रा म्याराथन आयोजना गरेको हो । म्याराथनमा एक सय १६ धावकको सहभागिता रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले म्याराथनमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र र प्रहरीका धावकको समेत सहभागिता रहेको जानकारी दिए ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैंचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, धादिङ, चितवन, डोल्पा, रुकुम, काठमाडौँलगायत जिल्लाबाट धावकको सहभागिता रहेको छ । अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई ८५ हजार ८०, द्वितीय हुनेलाई ६५ हजार ८०, तृतीय हुनेलाई ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ८० नगद पुरस्कार प्रदान गरिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

ताजा अपडेट