Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहृदयघातका कारण न्यायाधीश मरासेनीको निधन

हृदयघातका कारण न्यायाधीश मरासेनीको निधन


काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार विहान निधन भएको छ । बिहान हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले उनको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको जानकारी दिए । न्यायाधीश मरासेनीकि छोरी पोखरामा भएकी हुनाले उनी पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रवक्ता भट्टराईले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया