Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार७९ हजार पर्यटक जनवरीमा नेपाल भित्रिए

७९ हजार पर्यटक जनवरीमा नेपाल भित्रिए


काठमाडौं । सन् २०२४ को जनवरी महिनामा ७९ हजार एक सय विदेशी पर्यटकहरु नेपाल नेपाल घुम्न आएका छन् । सन् २०२३ को जनवरीको तुलनामा यसपाली २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डकाले जनाएको छ ।

जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् ।

गत वर्षको तुलनामा सरकारले यसपालि दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ । चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ७ हजार ४७ नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया