Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई गृहमन्त्री श्रेष्ठको अपिल

माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई गृहमन्त्री श्रेष्ठको अपिल


काठमाडौँ । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध र ठगीमा लागेका कसैलाई पनि छुट दिन नसक्ने बताएका छन् । उनले आफ्ना कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई अपिल गरेका छन् ।

श्रेष्ठले कर्मचारी पक्राउ पर्दा संगठनले दबाब दिने, व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले दबाब दिने प्रवृत्ति हाबी भएको बताए । उनले वित्तीय अपराध नियन्त्रण गर्न कडाइका साथ उत्रिने बताउँदै वित्तीय अपराधका कारण नागरिकहरू बेघरबार भएकातर्फ चिन्ता व्यक्त गरे ।

श्रेष्ठले सहकारी विभागमा परेका उजुरीमाथि छानबिन गर्न तत्काल सुरक्षा निकायमा पठाउने गरी सरकारले निर्णय गरेको जानकारी दिए । सहकारीको नाममा ठगहरू देखा परेको भन्दै उनले त्यसविरुद्ध सरकारले कडाइ गर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया