Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशिक्षामा एक खर्ब ७२ अर्ब

शिक्षामा एक खर्ब ७२ अर्ब


रामहरी चौंलागाईं
काठमाडौँ, जेठ १६
अर्थमन्त्री डा. अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गरेको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत खर्च हुनेगरी एक खर्ब ७१ अर्ब ७१ करोड बजेट रकम विनियोजन गरेका छन् । यो रकम गत आर्थिक वर्षको तुलनामा आठ अर्बले बढी हो । चालू आर्थिक वर्षका लागि सरकारले शिक्षामा एक खर्ब ७२ अर्ब रूपैयाँ रकम विनियोजन गरेको छ ।

चालू आर्थिक वर्षमा एक हजार आठ सय विद्यालय भवन निर्माण गरिने घोषणा सरकारले गरेको छ । यसैगरी ३८ आंगिक क्यापसका भवन र दुई हजार पाँच सय २० कक्षा कोठा निर्माण गर्ने लक्ष्य सरकारको छ । मुलुकभरिका ४६ लाख छात्रछात्रका लागि आवश्यक पाठ्यपुस्तकका लागि दुई अर्ब ७६ करोड बजेट रकम विनियोजन गरिएको जानकारी अर्थमन्त्रीले बजेट भाषणमार्फत उल्लेख गरेका छन् । त्यसैगरी गत आवमा ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आबदेखि ७७ वटै जिल्लामा लागू गरिने भएको छ । सो कार्यक्रमको लागि बजेटमा आवश्यक रकमको व्यवस्था गरिएको अर्थमन्त्रीले बताएका छन् ।

कोरोना भाइरसको कहरका कारण विद्यार्थीहरूमा परेको मनोसामाजिक असर निवारणका लागि सकारात्मक सोचसहित सिर्जनशीलता विकासका लागि नयाँ किसिमका क्रियाकलाप र गतिविधि सञ्चालन गरिने जानकारी पनि अर्थमन्त्री खतिवडाले गराएका छन् । माध्यमिक तहदेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिँदै सबै स्थानीय तहका एक विद्यालयमा प्राविधिक धारको पठनपाठन सञ्चालन गर्ने कार्यक्रम अगाडि बढाइएको छ । हालसम्म छ सय सात स्थानीय तहमा सुरु भइसकेको कार्यक्रमलाई आगामी वर्षदेखि बाँकी सबै स्थानीय तहमा विस्तार गरिने भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षाकोठा निर्माण, प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वंसेवक शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याब, खेल मैदान र खेल सामग्रीको व्यवस्थालगायत शैक्षिक पूर्वाधार र गुणस्तर अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने भएको छ । यस कार्यक्रमको लागि छ अर्ब रकम विनियोजन गरिएको छ । छात्रवृत्ति कार्यक्रमलाई एकीकृतरूपमा सञ्चालन गरी विपन्न, अपाङ्ग भएका नागरिकका बालबालिक, सहिदका छोराछोरी र जेहेन्दार विद्यार्थीका लाभान्वित हुनेगरी दुई अर्ब ७० करोड रकम विनियोजन भएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया