Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआदिवासी जनजातिले आफ्नो पहिचानको लागि लामो सङ्घर्ष गरेको छ : प्रधानमन्त्री

आदिवासी जनजातिले आफ्नो पहिचानको लागि लामो सङ्घर्ष गरेको छ : प्रधानमन्त्री


काठमाडौँ । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवम् प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्रीले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व हुन नसकेको विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाए । उनले आदिवासी जनजाति आयोगमा साधन स्रोतको कमी रहेको, ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको भन्ने विषयमा आफू जानकार रहेको उल्लेख गरे ।

आदिवासी जनजातिको सांस्कृतिक सम्पदालाई ‘युनेस्को’मा अभिलेखन एवम् आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्न सरकारले यथासम्भव पहल लिने स्पष्ट पार्दै प्रधानमन्त्रीले आदिवासी जनजाति समुदायले आफ्नो पहिचान र प्रतिनिधित्वको लागि गरेको लामो सङ्घर्ष र बलिदानको परिणाम आदिवासी जनजाति आयोगको व्यवस्था भएको उल्लेख गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया