Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपप्रधानमन्त्री खड्कासँग प्रमुख निर्वाचन आयुक्तको छलफल

उपप्रधानमन्त्री खड्कासँग प्रमुख निर्वाचन आयुक्तको छलफल


काठमाडौँ । रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छलफल गरेका छन् ।

सिंहदरबारस्थित रक्षामन्त्रालयमा आइतबार उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा प्रमुख निर्वाचन आयुक्त थपलियाले छलफल गरेका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र स्थानिय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ । यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सक्ने भन्दै आयोगले सरकारलाई सुझाव दिइसकेको छ ।

निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एक/एक पद रिक्त छन् । आयोगले विभिन्न कारणले रिक्त रहेका ती पदमा उपनिर्वाचन गराउन लागेको हो ।

इलाम निर्वाचन क्षेत्र–२ बाट निर्वाचित नेकपा (एमाले)का सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नं १ प्रदेश १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुने भएको हो ।

आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्यमा एक, प्रदेशसभा सदस्यमा एक, जिल्ला समन्वय समिति प्रमुखमा दुई, नगर उपप्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, गाउँपालिका उपाध्यक्षमा दुई र विभिन्न पालिकाका १७ वडा अध्यक्ष २५ रिक्त रहेका ती पदमा उपनिर्वाचनका लागि आयोगले उपप्रधानमन्त्री खड्कासँग आवश्यक छलफल गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया