Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यवसायी तामाङलाई तीन वर्ष कैद सजाय, एक अर्ब ७२ करोड जरिबाना

व्यवसायी तामाङलाई तीन वर्ष कैद सजाय, एक अर्ब ७२ करोड जरिबाना


काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्वसांसद एवं व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिबाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङको सजाय निर्धारण गरेको हो ।

सिभिल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गरेको थियो । विशेष अदालतले तामाङकी श्रीमती सृृजना शाक्य तामाङलाई एक वर्ष छ महिना कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार चार सय ८७ रुपैयाँ जरिबाना निर्धारण गरेको छ ।

सोही मुद्दामा अदालतले इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठले एक वर्ष छ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार एक सय २४ बिगो तिर्नुपर्ने फैसला गरेको छ ।

अदालतले इच्छाराज तामाङ, सृृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, केशवलालकी श्रीमती मीना श्रेष्ठ, र इच्छाराजका छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला पनि गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित निजको परिवारका छ जनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया