Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्छ : ओली

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्छ : ओली


काठमाडौँ। सोमवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् । उनले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरू नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताए ।

उनले पीडितहरूले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनुपर्ने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने बताए । ओलीले मानवता विरुद्धका जघन्य अपराधहरूमा छुट नहुने गरी र दण्डहीनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताए ।

संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको बताउँदै अध्यक्ष ओलीले अहिले संघीयताको बिरुद्धमा प्रश्न गर्नु भन्दा पनि सही ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया