Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले सूचना प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेको छ : रेखा शर्मा

सरकारले सूचना प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेको छ : रेखा शर्मा


काठमाडौं । नेपाल टेलिकमको २०औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएकी छिन् ।

उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै रहेको बताइन् । उनले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरू लक्षित रहेको बताइन् ।

मन्त्री शर्माले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि, एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरिसकेको बताइन् । उनले समग्र दूरसञ्चारको क्षेत्रमा देखिने वेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको दाबी गरिन् ।

मन्त्री शर्माले अब जतिसक्दो छिटो अनलाइन प्रणालीमा जान जरुरी रहेको र त्यसका लागि डिजिटल पूर्वाधार अनिवार्य सर्त रहेको बताइन् । कर्मचारीहरूको पेसागत, हक, हीतको रक्षा गर्ने दायित्व पहिलो दायित्व भएको शर्माले बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया